मछिन्द्र र थ्री स्टारको गोलविहीन बराबरी

मछिन्द्र र थ्री स्टारको गोलविहीन बराबरी
सुन्नुहोस्

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरणअन्तर्गत बुधबार भएको खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले गोलविहीन बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले केही मौका सिर्जना गरे पनि फिनिसिङमा चुक्दा खेल गोलविहीन मै टुंगियो।

मछिन्द्रका एन्द्रेस नियाले २७ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। पहिलो हाफमा प्राय समय खेलमा प्रभुत्व जमाएको मछिन्द्रका लागि ३९औं मिनेटमा पुनः मौका बनाएको थियो।

पुजन उपरकोटीले दायाँ तर्फबाट प्रहार गरेको कर्नरमा चेन्चो ग्याल्चेनको हेडर फ्रेममा परेको थिएन।  पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा चेन्चोले बक्स भित्रबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

ओलावाले आफिजले पेनाल्टी एरियाभित्र उत्कृष्ट टर्न गरेर दिएको पासमा चेन्चोको सशक्त प्रहारमा गोलपोस्ट बाधक बन्दा मछिन्द्रले उत्कृष्ट मौका बनाएर पनि अग्रता लिन सकेन। त्यसको एक मिनेट नबित्दै थ्री स्टारका दिपेश गुरुङले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

दोस्रो हाफमा सम्हालिने कोसिस गरेको थ्री स्टारले केही अवसर सिर्जना गरेको थियो। सन्तोष साहुखलले ४७औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन।

थ्री स्टारका लाकेन लिम्बुले ६८औं मिनेटमा गरेको गोल रेफ्रीले अफसाइडका कारण रद्द गरिदिएका थिए। थ्री स्टारका दिपेश गुरुङले ७१औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा नपर्दा थ्री स्टारले स्वर्णिम मौका गुमाएको थियो।

बराबरीसँगै थ्री स्टारले लिग तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। थ्री स्टारको खेलबाट २२ अंक छ। एक खेल कम खेलेको जावलाखेल शीर्ष स्थानमा छ। समान खेलबाट १७ अंक जोडेको मछिन्द्र क्लब छैटौं स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.