टिप्परको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका-२ मा टिप्परले ठक्कर दिँदा शुक्रबार राति १ जना मोटरसाइकल चालकको मृत्यु भएको छ। 

भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८६८४ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ६८६५ नम्बरको मोटरसाइकललाई राति ९:४० ठक्कर दिएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका-८ का ३५ वर्षीय सुरेश दाहालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील श्रेष्ठले बताए। 

उनका अनुसार गम्भीर घाइते दाहाललाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउनासाथ  राति १०:२५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

दुर्घटना लगत्तै टिप्पर र चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१३ का ३४ वर्षीय फिलाराज सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिप्परको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.