मुसलधारे पानी परिरहेका बेला जब मेयर बालेन बीच सडकमा देखिए
काठमाडौं : राजधानीमा शनिबार झमझम मुसलधारे पानी परिरहेको थियो। सडकमा पानी जमेर हिँडिनसक्नु थियो। तिनकुने बागमती पुल नजिक झरी परिरहेकै बेला काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाह (बालेन) सुटबुटसहित बीच सडकमा देखिए।
उनी भिज्दै सडकको डीभाइडर उठाइरहेका थिए। डोरीले बाँधेर सडमा राखिएको प्लास्टिकको डिभाइडर ढलेपछि सडकमा गाडी जाम भइरहेको थियो। त्यो जाम खोल्न मेयर बालेन आफैं सडकमा उत्रिएका थिए। मेयर बालेन आफैं सडकमा उत्रिएपछि ट्राफिक प्रहरी पनि सघाउन पुगका थिए। बालेन सडकमा उत्रिएर डिभाइडर मिलाएको दृश्य वरपर बटुवा र गाडीमा बसेका यात्रुले हेरिरहेका थिए।
तस्बिर : अशोक दुलाल/ भिडियो : रिता थापा