वीर अस्पतालको छतको पर्खाल भत्किदा पाँचजना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाडौं : वीर अस्पतालको छतको पर्खाल भत्किदा पाँचजना घाइते भएका छन् । वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा पाँचजना बिरामीका कुरुवा घाइते भएका हुन् । वर्षापछि अस्पतालको कुरुवा घरको छानो र रेलिङ खस्दा बिरामीका कुरुवा घाइते भएको अस्पतालले जनाएको छ।
दुईजना महिला र तीनजना पुरुष घाइते भएका हुन्।
ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुन प्रसाद भेटुवालले घाइतेहरुको इमरजेन्सी कक्षमा उपचार भइरहेको अन्नपूर्णलाई जानकारी दिए। उनले भने,'घाइतेहरुको निशुल्क उपचार भइरहेको छ। स्वास्थ्य अवस्था सामान्य नै छ।'