सहिद स्मारक ए डिभिजन लिग : आर्मी र हिमालयन शेर्पाको बराबरी

सहिद स्मारक ए डिभिजन लिग : आर्मी र हिमालयन शेर्पाको बराबरी
सुन्नुहोस्

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार वर्षाका कारण स्थगित भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो रोकिएको ७१औं मिनेटबाट सुरु भएको थियो।

पहिलो मिनेटमै नवयुग श्रेष्ठले गरेको गोलसँगै आर्मीले अग्रता लिएको थियो। तर, ५५औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले बराबरी गोल फर्काएका थिए।

त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे। बराबरीसँगै १३ खेलबाट २० अंक जोडेको आर्मी अंक तालिकाको चौथो स्थानमा छ। समान खेलबाट १४ अंक जोडेको शेर्पा १२औं स्थानमा उक्लिएको छ।

शनिबार प्रभावित भएर आजै टुङ्गिएको अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले पनि १–१ गोलको बराबरी खेलेका थिए। अहिले एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धा गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.