त्रासमा पारेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ
विराटनगर : विभिन्न डर देखाएर र धम्की दिएर ‘ब्ल्याकमेलिङ’ गर्दै किशोरीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएका युवक विराटनगरमा पक्राउ परेका छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले विराटनगर महानगरपालिका-६ का ३० वर्षीय रिजवान अन्सारीलाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार अन्सारीले सुनसरीको दुहवी नगरपालिका-४ घर भइ भक्तपुरको सूर्यविनायक बस्दै आएकी २० वर्षीया किशोरीलाई ‘ब्ल्याकमेलिङ’ गरेर लामो समयदेखि बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दाहालका अनुसार किशोरीलाई २०७४ असारदेखि २०७९ फागुन १८ गतेसम्म बारम्बार बलात्कार गरेको पत्ता लागेको छ।
कक्षा ८ मा पढ्दादेखि नै विभिन्न प्रलोभनमा पारेर डर, त्रास देखाउँदै धम्की दिएर अन्सारीले किशोरलाई आफ्नो नियन्त्रणमा राखेका थिए।
लामो समयदेखि वर्षदेखि बलात्कारको सिकार हुँदै आएकी किशोरी त्यतिबेला १४ वर्षकी थिइन्।
‘बालिका अवस्थामै किशोरीलाई प्रलोभनमा पारी डर देखाउँदै र धम्की दिँदै त्रसित बनाएर विराटनगर र काठमाडौंका विभिन्न स्थानमा पुर्याई बलात्कार गरेको पाइयो,’ दाहालले भने, ‘अश्लिल फोटाहरू खिच्दै सार्वजनिक गर्ने भनेर किशोरीलाई त्रासमा पारेर आफ्नो कब्जामा राखेको खुलेको छ।’
उनका अनुसार अश्लिल फोटा खिचेर सार्वजनिक गर्ने भनी ‘ब्ल्याकमेलिङ’ गर्दै बारम्बार बलात्कार गरेको खुलेको हो। अन्सारीले बलात्कारको भिडियो तथा फोटोसमेत खिचेको प्रहरीको भनाइ छ।
किशोरीका नाममा ‘फेक प्रोफाइल’ बनाएर उक्त फोटाहरु सार्वजनिक गरेको भनेर पीडित पक्षले जानकारी दिएपछि प्रहरीले अन्सारीको खोजी तीव्र पारेको थियो।
‘बलात्कार (जबरजस्ती करणी) गर्दाको भिडियो र फोटाहरू पनि खिचेको खुलेको छ,’ डीएसपी दाहाल भन्छन्, ‘ फोटाहरु ‘फेक प्रोफाइल’मार्फत सार्वजनिक गरिदिएपछि पीडित पक्ष प्रहरीसम्म आइपुगेको हो।’
उनका अनुसार अन्सारीले पीडितका आफन्त तथा साथीलाई अश्लिल फोटाहरु पठाएर किशोरीको चरित्र हत्यासम्मको हर्कत गरेका थिए।
बलात्कारबाट गर्भवति बनाउँदै २ पटकसम्म गर्भपत गराएको प्रहरीको भनाइ छ। अन्सारीले हर्कत बारम्बार दोहोर्याउन थालेपछि र उनीबाट आफू निरन्तर बलाकारको सिकार बनेसँगै असुरक्षित महसुश गरेर किशोरीले आफन्त एवं अभिभावकलाई घटना सुनाएकी थिइन्।
त्यसपछि न्याय माग्दै पीडित पक्ष प्रहरीसमक्ष पुगेको हो। प्रहरीका अनुसार शनिबार राति पक्राउ पक्राउ परेका अन्सारीविरुद्ध विभिन्न ३ वर्ष शीर्षकमा मुद्दा चलाउन अनुसन्धान अघि बढाइएको छ।
उनीविरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षण सम्बन्धी कसूर र विद्युतीय कारोबार ऐनअन्तर्गतको मुाद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको डीएसपी दाहालले बताए।