सर्पको टोकाइबाट एक जनाको मृत्यु
हेटौंडा : मकवानपुरको हेटौंडा-१९ बस्तीपुरमा विषालु सर्पको टोकाइबाट आइतबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय पुरुष सोनु कँडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार कँडेलले घर नजिकै रहेको जंगलबाट आइतबार बिहान सर्प ल्याएका थिए। सो सर्पलाई घरमा ल्याएर खेलाउने क्रममा उनलाई डसेको थियो।
सर्पले डसेपछि गम्भीर घाइते भएका कँडेललाई उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।