रवि लामछानेलाई प्रचण्डले भने - सरकारमा आउनुहोस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्ने हो, तयार छु

रवि लामछानेलाई प्रचण्डले भने - सरकारमा आउनुहोस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्ने हो, तयार छु

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले गठबन्धनको सरकार पाँचै वर्ष टिक्ने दावी गरेका छन् ।  सरकारको समीकरण फेरिन सक्ने चर्चा हल्ला मात्रै भएको उनको भनाइ छ। भरतपुर १४ स्थित प्रचण्ड टोलमा आयोजित कार्यक्रममा पत्रकारसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले यो सरकार पाँचै वर्षसम्म चल्ने दावी गरेका हुन् ।

प्रेस सेन्टर चितवनले आयोजना गरेको उक्त कार्यक्रममा प्रचण्डले जनताको पक्षमा नतिजा देखिने  काम गरिरहेको दावी गर्दै सरकार फेरबदल हुने कुनै संभावना नरहेको बताए । ‘यो कुरा नोट गर्नुहोला ,सरकार यताउता हुन्छ कि भन्ने निकै ठूलो भ्रम हो  । यो सरकार पाँचै वर्ष चल्छ,'उनले भने।

सरकारले भष्ट्राचारको फाइल खोल्न आफू तयार रहेको बताएका छन् । पाँच वर्षभित्र भष्ट्राचारको विषयमा उजुरी गरिसक्नुपर्ने भन्ने सन्दर्भमा त्यस्तो नीति नै नभएको स्पष्ट पारे । सरकारले भष्ट्राचारको फाइल नखोल्ने नभनेको बताउँदै भष्ट्राचारको विषयमा कुनै सम्झौता नहुने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले भष्ट्राचारको फाइल नखोले सरकारमा जान कुनै औचित्य नहुने बताएपछि प्रधानमन्त्री प्रचण्डले आफूले भष्ट्राचारको फाइल नखोल्ने नभनेको स्पष्ट पारेका हुन्।

उनले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । ‘ यो सरकारले भ्रष्ट्राचारको फाइल नखोल्ने भनेको छैन ,उनले भने ,‘ आउनुस् भ्रष्ट्राचारको कुन फाइल खोल्न पर्यो,  म तयार छु ।  ’

सरकारको नीति तथा कार्यक्रममा रास्वपाले भनेको बुँदा जायज भए सामेल गर्न सरकार र गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने बताए । 

यस्तै प्रधानमन्त्री प्रचण्डले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कार कोष’को काम अघि बढाउने भन्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागको विषयमा सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेको बताए ।

 पुनले सुरु गरेको धर्ना कार्यक्रमप्रति लक्षित गर्दै  प्रचण्डले पुनको आन्दोलनमा सरकारले वास्ता नगरेको नभइ सल्लाहमै  माइतीघर मण्डलामा धर्ना बसेको बताए । पुनले आन्दोलन थालेको अघिल्लो दिनमा बालुवाटारमा भएको छलफलमा सकारात्मक निष्कर्ष सहित छुटिएको बताउँदै उनको आन्दोलनले बजेट निमार्णमा थप सहज भएको बताए । 

पुन संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन् ।  प्रधानमन्त्री प्रचण्डले सरकारकै सल्लाहमा महावीर पुन माइतीघर मण्डलामा आन्दोलनमा बसेको बताए । ‘सरकारले वास्ता नगरेको होइन । पहिला जीडीपीको एक प्रतिशत भन्ने सोचाइ रैछ । अहिले देशको आर्थिक स्थितिका कारण विकास खर्चको एक प्रतिशत भन्ने रहेछ । मैले बजेटमा तपाईंको माग सम्बोधनमा मेरो पुरै प्रयास हुन्छ भनेको छु ,’प्रचण्डले भने ,‘ उहाँले हिँड्ने बेलामा मत माइतीघर मण्डलामा बस्छु है कस्तो हुदो रैछ भनेर हाँसीहाँसी भन्नुभएको थियो ,मैले नै माइतीघरमा बस्नुस् त भन्न मिलेन तर तपाईं बस्नुभयो भने बजेट बनाउन मलाई मद्दत पुग्छ भनेको थिए । मैले सल्लाहमै जानुभएको बुझेको छु  । ’

नेकपा एमाले अध्यक्ष केपी ओलीको गाडीमा आक्रमणको प्रयास कुनै राजनैतिक दलले नगरेको बताए । प्रधानमन्त्रीले व्यक्तिगतरुपमा वा संस्थागतरुपमा एमाले अध्यक्षमाथि कोही नलागेको बताए।
 पूर्वलडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय यो सरकार नगरेको उनले स्पष्ट पारे। अहिले २०७१ सालमा गरिएको निर्णयको कार्यान्वयन मात्रै गरेको बताए ।

‘पैसा वितरण गर्ने कुरामा मुद्दा परेपछि अन्तरिम आदेशले वितरण रोकिएको थियो ,म प्रधानमन्त्री हुनुअघि अदालतले दिनपर्ने भनेपछि अदालतको फैसलाको आधारमा टेकेर कार्यान्वयन गर्ने निर्णय मात्रै मात्र गर्न लागेको हो ,’उनले भने , ‘अहिले अर्थतन्त्र त्यही दुई लाखले सक्ने भयो भनेर झुठो प्रचार गरिएको छ । ’ 

कांग्रेस र एमाले नेतृत्वको सरकारको पालामा छलफल चलेको विषय भएको उनले स्पष्ट पारे ।  पछिल्लो निर्वाचनमा आएको परिणामको सन्दर्भमा पुराना दलहरू पटकपटक आक्रोश व्यक्त गरेपनि परिवर्तनका लागि आन्दोलन गरेका दलहरूरु विश्वसनीय भएको इतिहास रहेको दावी गरे । ‘

'कमीकमजोरी छन्, सच्चाउनुपर्छ साचो कुरा हो ,’उनले भने ,‘राजनैतिक निष्ठा र विचार अनुसारको आचरण र व्यवहार हुनपर्छ  । भनाइ र गराइमा एकरुपमा हुनपर्छ । ’ यसपटक कृषकलाई समयमै मलको व्यवस्था गर्ने बताए । किसानले यसपटक लाइन नबसी समयमै मल पाउने प्रधानमन्त्रीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.