शपथपछि उपेन्द्र यादवले भने-  सरकारमा बाँकी मन्त्री छिट्टै पठाउँछौं

शपथपछि उपेन्द्र यादवले भने-  सरकारमा बाँकी मन्त्री छिट्टै पठाउँछौं
सुन्नुहोस्

काठमाडौं : बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ लिएका  छन्। मंगलबार सिंहदरबारमा यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

शपथपछि यादवले मुलुकलाई अघि बढाउनका लागि सरकारको स्थायीत्व आवश्यक भएको र सरकारले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए। उनले जसपाबाट चाँडै नै सरकारमा प्रतिनिधि पठाउने बताए।

दलहरूबीच राष्ट्रिय समझदारी बनाएर मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने उनको भनाइ छ।

सांसद यादवले संसदीय समितिलाई क्रियाशिल बनाएर संसदलाई गतिशिल बनाउनुपर्ने धारणा राखे। यादव बैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट बिजयी भएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.