वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्ने बढे

वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्ने बढे
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्यामा वृद्धि भएको छ। 

चालु आर्थिक वर्षमा महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या बढेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएकोमा चालु आर्थिक वर्ष साउनदेखि वैशाख १५ सम्ममा ६ हजार ५ सय ८३ पुगेको पौडेलले जानकारी दिए।

व्यवसाय दर्तालाई प्रभावकारी बनाउन अहिले महानगरपालिकाले छुट्टै टोली परिचालन गरेको पौडेलले बताए। उक्त टोलीले उद्योग तथा पसलमा स्थलगत रूपमै पुगेर व्यवसाय नवीकरण तथा नयाँ दर्ता गर्ने गरेको पौडेलले बताए।

व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत भएको र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय सञ्चालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको उनले बताए।  

महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या बढेसँगै राजश्व संलकनमा समेत वृद्धि भएको छ। व्यवसाय दर्ताबाट गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको वैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ राजश्व संकलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.