दार्चुलाको हिमपहिरोमा बेपत्ता भएकाको पहिचान खुल्यो
दार्चुला : मंगलबार दार्चुलाको हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुलेको छ। जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना अझै बेपत्ता छन्।
बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली गएर उद्दार गर्ने प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताइन्।