बन्दीले बनाएका मुढा चीनतर्फ

बन्दीले बनाएका मुढा चीनतर्फ
मकवानपुरको भीमफेदी कारागारमा मुढा बनाउँदै कैदीबन्दी। अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : मकवानपुको भीमफेदी कारागारका कैदीबन्दीले बाँसबाट बनाएका मुढा चीन निर्यात हुन थालेको छ। विश्वव्यापी कोरोना संक्रमण फैलिँदा बन्द रहेको रसुवागढी नाका खुलेसँगै कैदीबन्दीले बनाएका मुढाले पनि चीनमा नयाँ बजार पाएको हो। 

रसुवागढी नाका हुँदै कैदीबन्दीले बनाएका १० हजार ८० थान बाँसका मुढा चीनतर्फ निर्यात भएको भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलले बताए। उनका अनुसार कारागारबाट ४ लाख ३२ हजार रुपैयाँबराबरको ७ ट्रक मुढा चीनमा निर्यात भएको छ। ‘बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ’, उनले भने। दुईवटा ब्लकमा रहेका चार सयभन्दा बढी कैदीबन्दीले दिनहुँ मुढा बनाउने भएकाले मासिक २६ सयभन्दा बढी मुढा उत्पादन हुने गरेको छ। निर्यात रोकिँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नु परेको अवस्थामा अहिले निर्यात खुलेपछि तिब्बतबाट माग आउन थालेको उनले बताए। कारागारमा रहेका करिब एक हजार कैदीबन्दीमध्ये चार सय कैदीबन्दीले मुढा बनाउन गर्छन्। 

कैदीबन्दीले हातबाट बनाएका मुढा व्यापारीहरू संकलन गर्न कारागार नै पुग्ने गरेका छन्। बाँसबाट बनाइएका मुढाहरू सस्तो र बलियो हुने भएकाले चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ। चिनियाँले चाडपर्वको समयमा  पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.