घुससहित उपभोक्ता समितिका अध्यक्ष अख्तियारको नियन्त्रणमा

घुससहित उपभोक्ता समितिका अध्यक्ष अख्तियारको नियन्त्रणमा
सुन्नुहोस्

काठमाडौं : अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले घुससहित सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

गोकर्णेश्वर नगरपालिका वडा-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी,सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेललाई १ लाख घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

नगरपालिकाबाट मर्मत तथा निर्माणको काम लिइ ठेक्का लगाएपछि सेवाग्राहीबाट बाटो स्तर उन्नति योजनाको निर्माण कार्य सम्पन्न भइ उपभोक्ता समितिमार्फत् भुक्तानी हुन बाँकी रकम दिने क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा रकम लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेको अख्तियारले जनाएको छ।

उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको  छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.