पिकअप दुर्घटनामा २ जनाको मृत्यु

पिकअप दुर्घटनामा २ जनाको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ पिकअप गाडी दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। मृतकमध्ये १ जना वृद्ध पुरुष छन्। दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन्। घाइतेको धरानमा उपचार भइरहेको छ। 

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १-०२-००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटनामा परेको जानकारी साँझ ५:३० बजेतिर  प्राप्त भएको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली (बिक) र पिकअपमा सवार लेटाङ-३ का ७४  वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको छ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ८:१० बजेतिर मृत्यु भएको उनले बताए। दुर्घटनामा लेटाङ-६ का अन्दाजी ५५ वर्षीय रुद्र लम्साल गम्भीर घाइते भएका छन्। 

स्ट्रिङ फेल भएर अनियन्त्रित हुँदा गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार गाडी सडकबाट अन्दाजी २ सय मिटर तल झरेको थियो। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.