बुद्धम् शरणम् गच्छामी...

बुद्धम् शरणम् गच्छामी...

बुटवल : चार दशकअघि केञ्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजनाको काम करिब सकिएपछि बुद्धका ग्रन्थहरूमा भनिए जस्तै यो क्षेत्र बगैंचामा परिणत भएको छ। पवित्र उद्यान, पोखरी, फलफूलका बगैंचा र फुलिरहेका फूलले स्वरूप नै परिवर्तन भएको छ। २५६७औं बुद्धजयन्ती मनाइरहँदा यसको सौन्दर्य अझै चम्किएको छ। अब यसले मात्रै पर्यटक खोजिरहेको छ। 

सन् २०१९ मा झन्डै १५ लाख पर्यटक भिœयाएको लुम्बिनीमा पछिल्ला वर्षहरूमा पर्यटकको संख्या निकै कम छ। सन् २०२३ को यो अवधिमा १६ हजार तेस्रो मुलुकका पर्यटक मात्रै लुम्बिनीमा आएका छन्। भारतीय र नेपाली पर्यटकको संख्या भने केही बढी छ।

पर्यटन व्यवसायी लीलामणि शर्मा लुम्बिनीमा अब सांस्कृतिक क्रियाकलापहरू बढी हुनुपर्ने बताउँछन्। ‘बुद्धजयन्तीहरू समुदायसँग जोडर सांस्कृतिक बनाउनुपर्छ। जहाँ बाह्य पर्यटक आउनका लागि ६ महिना पहिला नै बुकिङ गर्नुपरोस्,’ उनले भने। लुम्बिनीको सांस्कृतिक पक्षको प्रवद्र्धन हुन नसकिरहेको पर्यटन व्यवसायीहरू बताउँछन्। विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय पनि बौद्ध उपदेशहरूको अनुशरण बढाउँदै लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाउन जरुरी रहेको ठन्छन्। 

लुम्बिनी आएका पर्यटकहरूसमेत अहिले टिक्न सकेका छैनन्। बौद्ध दर्शनको ज्ञान, संस्कृतिको अवलोकनका लागि विश्वकै उत्कृष्ट गन्तव्य लुम्बिनी रहेको विज्ञहरूको भनाइ छ। लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी लुम्बिनीको पुरातत्व र संस्कृतिलाई विश्वव्यापीकरण गर्न आवश्यक रहेको बताउँछन्।

लुम्बिनीमा विश्वका ४० भन्दा बढी देशको बौद्ध संस्कृति, कला, साहित्य अध्ययन गरी ज्ञान हासिल गर्न सकिन्छ। बौद्ध दर्शनमै औपचारिक शिक्षादेखि पुरातात्विक महत्वका क्षेत्र एकै स्थानमा छन्। लुम्बिनी बुद्ध जन्मस्थल पवित्र भूमि हो। विश्वका जुनसुकै मुलुकका पुगे पनि लुम्बिनी जत्तिकै पवित्रता पाउन नसकिने विद्वानहरू बताउँछन्। ‘लुम्बिनी बौद्ध शिक्षाका लागि पवित्र स्थान हो। पुरातत्व, संस्कृति, ज्ञान प्राप्ति, ध्यान र साधनाको सर्वाङ्णि थलो हो,’ गिरीको भन्छन्। बौद्ध दर्शनमा विद्यावारिधि गर्नका लागि, बौद्ध दर्शन र पुरातत्वमा उच्च शिक्षा हासिलका लागि पनि लुम्बिनीभन्दा उच्चतम् विकल्प विश्वभर नरहेको लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख नीरबहादुर गुरुङ बताउँछन्। 

पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै पर्यटक सन् २०१९ मा आए। त्यसयता कोरोना महामारीले पर्यटन क्षेत्र थला पा¥यो। सो वर्ष लुम्बिनीको बौद्ध संसार हेर्न आउने तेस्रो मुलुकका पर्यटकको संख्या १ लाख ७४ हजार १५ जना थियो। २ लाख ६ हजार १ सय ७१ भारतीय र ११ लाख ७८ हजार १ सय ४८ जना नेपालीले सोही वर्ष लुम्बिनी भ्रमण गरे। लुम्बिनी पुगेका यी १५ लाख बढी पर्यटकमध्ये धेरैले बढीमा तीन घण्टा लुम्बिनी बिताएर फर्किएका छन्।

मायादेवीको मन्दिर दर्शन, सेन्ट्रल क्यानेलको बोट, सेतो गुम्बा लुम्बिनी पुग्ने धेरैको रोजाई क्षेत्र हो। तर, लुम्बिनी पुग्ने धेरै मानिसहरूलाई लुम्बिनीमा यी बाहेक अरू धेरै आकर्षक र बौद्ध संस्कृतिले भरिपूर्ण क्षेत्र छन् भन्ने जानकारीसमेत पाएका छैनन्। 

मायादेवी मन्दिर क्षेत्र बुद्ध लुम्बिनीमा जन्मिएका हुन भन्ने प्रमाणको विशेष भूमि हो। ती बाहेकका अन्य संरचना बौद्ध संस्कृति प्रवद्र्धनका लागि निर्माण गरिएको छ। विश्वका मुलुकका बौद्ध संस्कृति देखिने संरचना बनाउनकै लागि केन्जो टांगेको गुरुयोजनामा ४५ वटा प्लट निर्माण गरिएको छ, जहाँ थेरबाद र महायान सम्प्रदायका बिहार र गुम्बाहरू छन्।

ईसापूर्व ६२३ मा लुम्बिनी जन्मिएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधी (ज्ञान) प्राप्त गरे। उनले ज्ञान बाढ्दै ४५ वर्ष बिताए। कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्दै गर्दा बुद्धले शिष्यलाई भनेका थिए, जीवनमा एकपटक म जन्मेको, बुद्धत्व प्राप्त गरेको, पहिलोपटक ज्ञान बाढेको र प्राण त्यागेको स्थानमा अवश्य पुग्नु। (त्यति पनि नसके जन्मेको स्थान लुम्बिनी पुग्नु।) हो, त्यही धार्मिक महत्वको क्षेत्र हो लुम्बिनी।

चार दशकअघि प्रोफेसर केन्जो टांगेले लुम्बिनी गुरुयोजना कोरे। लुम्बिनी रूपन्देहीको दक्षिणी क्षेत्रमै रहेको प्रमाण अशोक स्तभ हो। जहाँ ‘हिदबुद्धजाते’ अर्थात् बुद्ध यही जन्मिएका हुन भन्ने सहितका लिखित प्रमाणसहितको स्तम्भ छ। त्यही प्रमाणका आधारमा युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको लुम्बिनी टांगेको गुरुयोजनापछि धार्मिक केन्द्रका रूपमा विकसित हुँदैछ।

मुलुककै मुख्य पर्यटकीय केन्द्र लुम्बिनीमा तीन प्रकृतिमा पर्यटकहरू आउँछन्। अध्येता, दर्शनार्थी र दर्शक। अहिले सबैभन्दा बढी दर्शक, दर्शनार्थी र अध्येता आउँछन्। दर्शक वा सामान्य घुमफिर गर्न आउनेलाई लुम्बिनी के हो पत्तो छैन। यहाँ भएको संरचनाहरूले के अर्थ दिन्छन् भन्ने जानकारी नै नपाई फर्किन्छन्। ‘लुम्बिनी सानो बौद्ध विश्व नै हो,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय भन्छन्, ‘धेरैलाई यो कुरा थाहा छैन, कतिले बुझ्न चाहानुहुन्न।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.