अञ्जनको ह्याट्रिक, चर्च ब्वाइज शीर्ष स्थानमा

अञ्जनको ह्याट्रिक, चर्च ब्वाइज शीर्ष स्थानमा
सुन्नुहोस्

काठमाडौं : अञ्जन विष्टको ह्याट्रिकप्रेरित चर्च ब्वाइज युनाइटेड न्युरोड टिम (एनआरटी)लाई ४–१ ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

च्यासल रंगशालामा भएको खेलको ४०औं मिनेटमा सुशील साहले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछाडि परेको एनआरटीले दोस्रो हाफमा थप तीन गोल खायो।

अञ्जन विष्टले ५१औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए। त्यसको ९ मिनेट नबित्दै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमार्फत अञ्जनले ह्याट्रि गर्दै अग्रता ४–० मा लम्ब्याएका थिए।

इन्जुरी समयमा दिपेश आले मगरले एनआरटीका लागि एक गोल फर्काए। जितसँगै १५ खेलबाट २७ अंक जोडेको चर्च ब्वाइज युनाइटेड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १७ अंक जोडेको एनआरटी १०औं स्थानमा छ।

मनाङ र सातदोबाटोको बराबरी

आजै दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबले गोलविहीन बराबरी खेलेका छन्।

दुवै टिमले गोलका लागि अवसर सिर्जना गरे पनि फिनिसिङ छरितो नहुँदा खेल बराबरीमा सकियो। बराबरीसँगै १५ खेलबाट १९ अंक जोडेको मनाङ लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट २३ अंक जोडेको सातदोबाटो चौथो स्थानमा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.