टोपबहादुर रायमाझीको अवस्थाबारे स्पष्ट पार्न सरकारसँग एमाले नेताको माग

टोपबहादुर रायमाझीको अवस्थाबारे स्पष्ट पार्न सरकारसँग एमाले नेताको माग
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका नेता शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। 

उनले रायमाझीलाई गैरन्यायिक हिरासतमा राखिएको आशंका गर्दै सरकारले नै उनको अवस्थाका बारेमा स्पष्ट पार्नुपर्ने बताए। नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्‍याउने बताए।

उनले उक्त प्रकरणको अनुसन्धान प्रक्रियामा सिमित मान्छेहरूलाई कारबाही गरेको देखाएर कतै अरुलाई उम्काउन त खोजिएको भन्दै प्रश्न गरे। तामाङले वर्तमान सरकारले पाँच वर्षभन्दा पुरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने ढंगले संसद्बाट कानुन पारित गर्न खोजेको पनि आरोप लगाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.