बैंक तथा वित्तीय क्षेत्रको सुरक्षा र सुधारमा सरकार गम्भीर : प्रधानमन्त्री

बैंक तथा वित्तीय क्षेत्रको सुरक्षा र सुधारमा सरकार गम्भीर : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंक तथा वित्तीय क्षेत्रको सुरक्षा, सुधार र विकासका लागि सरकार गम्भीर रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्याहरूको समाधानका लागि सरकारले आवश्यक कदम उठाइसकेको बताए।

प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रले उठाएका विभिन्न मुद्दाहरूको उचित समाधानका लागि समेत आवश्यक पहल हुने विश्वास व्‍यक्त गरे।

'केही समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्याहरूको समाधानका लागि नेपाल सरकारले आवश्यक कदम उठाइसकेको छ । यस क्षेत्रको सुरक्षा,सुधार र विकासका लागि नेपाल सरकार गम्भीर छ,'प्रधानमन्त्रीले भने,' बैंक तथा वित्तीय क्षेत्रले उठाएका विभिन्न मुद्दाहरूको उचित समाधानका लागि समेत आवश्यक पहल हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु । '

लगानीको लागि आवश्यक पुँजी परिचालन गर्ने कार्यमा पनि बैंक तथा वित्तीय क्षेत्रलाई आवश्यक सहजीकरण गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ।

अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरूको दिर्घकालीन समाधान सम्भव भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि नेपाल सरकार,जिम्‍मेवार निकायहरू र सरोकारवालाबीच बलियो र घनिष्ट  सहकार्य आवश्यक रहेको बताए।

उनले भने,'अर्थतन्त्रमा विगतमा केही समस्या र चुनौतीहरू देखापरेका छन् । ती समस्या एवं चुनौतीहरूको स्पष्ट पहिचानसहित दिर्घकालीन समाधान गर्नका लागि हामी आफै सक्षम छौं । हामी हाम्रै बलबुतामा उल्लेखित समस्या एवं चुनौतीहरूको सामना गर्ने र समाधान गर्ने सामथ्र्य राख्छौं र सक्छौं । त्यसका लागि नेपाल सरकार, जिम्मेवार निकायहरू र तपाई सम्पूर्ण सरोकारावालाबीच बलियो र घनिष्ट सहकार्य र परस्पर सहयोग जरुरी छ । '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.