मुलुक आर्थिक मन्दीमा गएको कुरा सरकारले लुकायो : पूर्वअर्थमन्त्री पौडेल

मुलुक आर्थिक मन्दीमा गएको कुरा सरकारले लुकायो : पूर्वअर्थमन्त्री पौडेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका सांसद् तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखवर रहेको बताएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले देश मन्दीमा गइरहेको बेला सरकारले देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई नस्वीकारेको बताएका हुन् ।

पौडेलले भने,‘सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखबर भएको मलाई महशुस भयो । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्याकंमा नेपालको अर्थतन्त्रको अवस्था मन्दीको छ भनेर औंल्याएको छ । देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई स्वीकार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ ।’

नेपाली अर्थतन्त्र मन्दीमा भएको तथ्यलाई स्वीकार गर्दै बजेट प्रस्तुत हुनुपर्ने बताए । पौडेलले भने,‘सत्यलाई जस्ताको त्यसतै प्रस्तुत गर्नुपर्छ । प्रस्तुत सिद्धान्त र प्राथमिकता चुकेको छ । अर्थतन्त्रका परिसूचकहरु एकदमै कमजोर छन् । यसअघिको बजेटमा आर्थिक वृद्धिदर ८ प्रतिशत भनिएको थियो । तर, राष्ट्रिय तथ्याकं कार्यालयका अनुसार अहिले नेपालको आर्थिक वृद्धिदर २.१६ मा खुम्चिने प्रक्षेपण गरेको छ । ’

चालु आर्थिक वर्षको राजस्व परिचालन एकदमै कमजोर रहेको बताए । पौडेलले भने, ‘निजी क्षेत्र अत्यन्तै त्रासमा बाँचिरहेको छ । लघुवित्त र सहकारी क्षेत्रको अवस्था अत्यन्तै विकराल छ । मुलुक आर्थिक मन्दीमा आएको छ । यदि हामीले सार्थक पहल लिन सकेनौं भने आर्थिक रुपमा नेपाल ठूलै जोखिममा पर्नेछौं । आर्थिक गतिविधि शिथलतामा आएको, सरकारको वित्त संकलनमा चाँप परेको जस्ता सामान्य पदावली प्रयोग गरिएको छ ।’

उनले नेपाली अर्थतन्त्रलाई कसले त्रासदीपूर्ण वातावरणमा पुर्‍यायो ? यस विषयमा छलफल जरुरी रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.