अन्नपूर्ण हिमालबाट ३६ सय केजी फोहोर संकलन

अन्नपूर्ण हिमालबाट ३६ सय केजी फोहोर संकलन
सफा हिमाल अभियान २०२३ अन्तर्गत अन्नपूर्ण हिमालमा संकलन गरिएको संकलित फोहोर ढुवानी गरिँदै । तस्बिर : ईन्द्रसिंह शेरचन
सुन्नुहोस्

जोमसोम : समुन्द्री सतहदेखि ४१९० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण हिमालबाट ३६ सय केजी फोहोर संकलन गरी  ढुवानी गरिएको छ । पिक प्रमोसन ट्राभल एजेन्सी कम्पनीको ‘सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेना र पिक प्रमोसन टोलीले मार्च २२ तारिखदेखि ४८ दिनसम्म बसेर अन्नपूर्ण हिमालको फोहोर संकलन गरेको हो ।

झन्डै डेढ महिना खर्चिएर  नेपाली सेनाका जवान १० जना र पिक प्रमोसनको टोली १३ जना गरी २३ जनाले अन्नपूर्ण हिमालको फोहोर संकलन गरेको पिक प्रमोसनका प्रतिनिधि दानबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार म्याग्दीको बेनी र जोमसोमबाट नेपाली नेपाली सेनाको टोली सफा हिमाल अभियान २०२३ मा जोडिएका थिए । सेना र पिक प्रमोसनको संयुक्त टोलीले कुहिने फोहोर १२ सय केजी र नकुहिने फोहोर २४ सय केजी फोहोर संकलन गरेको हो ।

सफा हिमाल कार्यक्रम अन्तर्गत अन्नपूर्ण हिमालमा संकलन गरिएको फोहोर मंगलबार बिहान प्रभु एअको हेलीमार्फत् ढुवानी गरिएको छ । हिमालमा जम्मा गरिएको कुहिने फोहोर हेलीमा ढुवानी गरी अन्नपूर्ण हिमालको बेस क्याम्पदेखि तल भुस्केट खर्कमा अन्नपूर्ण युवाक्लवको रोहबरमा खाल्डो खनि पुरिएको उनले बताए । सो स्थान बेस क्याम्पबाट पैदल एकदिन लाग्छ ।

यसैगरी अन्नपूर्ण हिमालमा जम्मा गरिएको प्लास्टिक,टिन,फलाम र सिसाजन्य २४ सय केजी फोहोर सिधै काठमाडौंस्थित नेपाली सेनाको हेडक्वाटरमा लगिएको पिक प्रमोसनका प्रतिनिधि थकालीले उल्लेख गरे ।

प्रकृति र पर्यावरण प्रभावकारी संरक्षण तथा सौन्दर्यकरणका निम्ति हिमाल स्वच्छ र सफा राख्न पिक प्रमोसनले योगदान गर्दै आइरहेको छ । जलवायु परिवर्तन,विश्व वातावरणमा परेको प्रतिकुल असर सम्बन्धमा सचेतना फैलाउन र हिमालको सौन्दर्यलाई अक्षुण राख्दै पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउन विगत ३ वर्षदेदिखि पिक प्रमोसन ट्रेकिङ कम्पनीले फोहोर संकलन गर्ने अभियानमा जुटेको पिक प्रमोसनका प्रतिनिधि रानामगरको भनाई छ । 

यो कम्पनीले धौलागिरी,कञ्जनजंघा,ल्होत्से एभरेस्टलगायतका फोहोर संकलन गरिसकेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.