नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाँणका सहयोगी नरेन्द्र केसी पक्राउ

पूर्वगृहमन्त्री खाँणका सहयोगी नरेन्द्र केसी पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँणका सहयोगी नरेन्द्र केसी पक्राउ परेका छन्। बुधबार बिहान केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। केसी तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव हुन्। 

कार्कीका अनुसार पूर्वगृहमन्त्री खाँणलाई पनि प्रहरीले आज बिहान निवासबाट नै गिरफ्तार गरेको हो। यस अगाडि नै पक्राउ गर्ने चेतावनीपश्चात अनुसन्धानमा सहयोग गर्ने भन्दै काठमाडौं प्रहरी परिसरमा पुगेका थिए। परिसरले खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराएर छोडेको थियो।

पक्राउ नगर्न राजनीतिक दबाब भएपनि शरणनार्थी प्रकरणमा खाँणकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएपछि प्रहरीमाथि पक्राउ गर्न दबाब थियो। पक्राउ परेकाहरुले नै प्रहरीलाई अडियो प्रमाण बुझाएका छन्। थप अनुसन्धानका लागि प्रहरीले आज पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस, एमालेका शीर्ष नेता, श्रीमती र छोराछोरी, सरकारी उच्चपदस्थ कर्मचारी संलग्न भएको खुलेपछि राजनीति वृत तरंगित बनेको छ। संलग्नलाई कारबाही गर्न नागरिकस्तरबाट चर्को दबाब परेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो।

प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत अभियुक्तलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। टोपबहादुरलगायत केही फरार रहेका जनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार काठमाडौंको शंखमूलबाट टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पनि पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले बताए।

पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.