अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाँणलाई परिसर ल्याइयो

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाँणलाई परिसर ल्याइयो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई  जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।

घटनाको अनुसन्धानका लागि खाँणलाई बुधबार बिहान उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

सोही घटनामा संलग्न आरोपमा खाँडका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूले दिएको बयानका आधारमा प्रहरीले खाँड र उनका सहयोगी केसीलाई पक्राउ गरेको हो। घटनामा खाँडकी पत्नी मञ्जुको नाम पनि मुछिएको छ।

योसँगै क्कली भुटानी शरणार्थी प्रकरण आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मंगलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । 

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी,केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले)  सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ। जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले जाहेरी दिएका छन् । उनीहरूले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.