च्छो–रोल्पा जनरल अस्पताललमा ट्रमा युनिट शुरु
दोलखा : दोलखाको च्छो–रोल्पा जनरल अस्पतालले जिल्लामै पहिलो पटक निजी लगानीमा ट्रमा युनिट सञ्चालनमा ल्याएको छ।
ट्रमा युनिटबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुरेश थापा सहितको टोलीले सेवा प्रवाह गर्ने अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिए।
अस्पतालमा सञ्चालन गरिएको ट्रमा युनिटबाट हाड जोर्नी सम्बन्धी सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया, हाडमा राखिएको पाता वा तार निकाल्ने सुविधा, जोर्नीमा सुई लगाउने, भाँचिएको ठाउँमा प्लाष्टर लगाउने, तन्तु वा नसाहरू रिपियर गर्ने गाडी दुर्घटना, प्राकृतिक प्रकोप वा घरेलु हिंसाबाट प्रभावित भई लागेको चोट पटकको उपचार लगायत सम्पूर्ण समस्याको सहज तरिकाले उपचार गरिने डाक्टर दंगालले बताए।
प्रदेशसभा सांसद भरत केसीले युनिटको उद्घाटन गरेका थिए।