प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाली सहायक विदेश मन्त्री वाट्सबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाली सहायक विदेश मन्त्री वाट्सबीच भेटवार्ता
तस्बिर : प्रम सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका वाट्सले आज बिहान बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरे।null

प्रचण्डले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरे। भेटमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।  

सचिवालयका अनुसार उनीहरुबीचको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो।

मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गरे। उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.