कोसी प्रदेशमा प्रशिक्षार्थी प्रहरी ब्यारेकको निर्माण सुरु

कोसी प्रदेशमा प्रशिक्षार्थी प्रहरी ब्यारेकको निर्माण सुरु
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचामा कोसी प्रदेश प्रहरी तालिम केन्द्रको प्रशिक्षार्थी प्रहरी ब्यारेक भवन निर्माण सुरु भएको छ।

 
तालिम केन्द्र परिषर सुन्दरहरैँचा नगरपालिका–९ गोठगाउँमा निर्माण सुरु भएको ब्यारेक भवनको प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बुधबार शीलान्यास गरेका छन्। नेपाल सरकारको १६ करोड ८० लाख ४३ हजार ९ सय ६० रूपैयाँको लागतमा भवन निर्माण सुरु भएको हो। 

विवश इन्टरनेशनल कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले निर्माणको जिम्मा लिएको भवन २ वर्षभित्रमा बनाइसक्नुपर्ने छ। २०८२ साल वैशाख ५ गतेभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सुविधा सम्पन्न भवन ३ तलाको हुने छ। ३ सय जना क्षमताको भवन निर्माणसम्बन्धी प्रतिवेदन एसपी अनिल रानाले प्रस्तुत गरेका थिए। 

भवन शीलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी बास्तोलाले भवन निर्माण पश्चात प्रशिक्षणका क्रममा प्रशिक्षार्थीलाई थप उर्जा मिल्ने बताए। तालिम केन्द्र भौतिक सुविधा सम्पन्न हुँदा तालिमरत प्रशिक्षार्थीको मनोवल उच्च हुने र प्रशिक्षण प्रभावकारी बन्ने उनको भनाइ छ। 

तालिम केन्द्र नमुना हुन जरुरी रहेको बताउँदै बास्तोलाले तालिम केन्द्र भौतिक संरचनाका हिसाबले सुविधा सम्पन्न हुँदा मात्रै नयाँ जनशक्ति उत्पादनमा ऊर्जा मिल्ने पनि उल्लेख गरे। गुणस्तरीय भवन निर्माण गरेर समयमै हस्तान्तरण गर्न उनले निर्माण कम्पनीलाई अनुरोध गरेका छन्।
 
शीलान्यास कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी राजन अधिकारी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोसीका प्रमुख एसपी श्यामकुमार महतो, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसपी भीमबहादुर दाहाल, सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाललगायत उपस्थित थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.