दमकमा ब्राउन सुगरसहित तीन जना पक्राउ

दमकमा ब्राउन सुगरसहित तीन जना पक्राउ
सुन्नुहोस्

झापा : झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ का २८ वर्षीया दाम भन्ने सुसन धिमाल, दमक-९ निवासी २७ वर्षीय अभिषेक विश्वकर्मा र सोही ठाउँका २० वर्षीय तिन्तुस मुन्ना रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

दमक-४ स्थित अडिया महलमा ब्राउन सुगरको बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

प्रहरीले शरीर चेकजाँचका क्रममा मुन्नाको साथबाट १० ग्राम ब्राउन सुगर फेला पारेको हो। उनले मलद्वारमा ब्राउन सुगर लुकाएर राखेका थिए। 

प्रहरीले घटनास्थलबाट को ३९ प ६८७५ नम्बरको र को १४ प २२९० नम्बरको मोटरसाइकलसहित दुई थान मोबाइल समेत बरामद गरेको छ। 

सो घटनामा संलग्न दमक-९ निवासी २५ वर्षीय रोशन विश्वकर्मा फरार रहेकोले उनको खोजी भइरहेको छ। यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक राखिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.