हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाईका साथ लागू गरिने
काठमाडौं : सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा र २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन्।
राष्ट्रपति पौडेलले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाईका साथ लागू गरिने बताए। उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवं टर्मिनल भवनको स्तरोन्नति गर्दै नियमित हवाई उडान सञ्चालनमा जोड दिने बताए।
नेपाल वायुसेवा निगमको पुन:संचरना गरिने बतए। नयाँ मुलुकहरूसँग हवाई सेवा संझौता गरी नेपाली वायु सेवा कम्पनीहरुको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै पौडेलले निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलहरूलाई पूर्ण क्षमतामा उपयोगमा ल्याइने बताए।
नीजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कार्यलाई अगाडि बढाइनेछ। राष्ट्रपति पौडेलले प्रादेशिक विमानस्थलको अवलोकन गरी निर्माण कार्य अघि बढाइने बताए।