भुटानी शरणार्थी शिविरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
![भुटानी शरणार्थी शिविरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_SiHn62yJke_M3rcAywYzk.jpg)
उनीहरू पक्राउ परेसँगै सेवनकर्ता १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ समेत शिविरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ थान मोबाइलसमेत बरामद गरेको छ ।
झापा : दमकस्थित भुटानी शरणार्थी शिविरबाट लागू ओैषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । दमक नगरपालिका-३ बेलडाँगीस्थित शरणर्थी शिविरमा शुक्रबार साँझ ६ बजे लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ वर्षीया निर्पा राई र ३२ वर्षीय सन्जोग गुरुङलाई ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
उनीहरू पक्राउ परेसँगै सेवनकर्ता १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ समेत शिविरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका ६ जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)