सरकारको नीति तथा कार्यक्रम चिट चोरेजस्तो भयो, समर्थन गर्न सकिँदैन : ओली

सरकारको नीति तथा कार्यक्रम चिट चोरेजस्तो भयो, समर्थन गर्न सकिँदैन : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो भएको संज्ञा दिएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यो सरकारसँग जनताको समस्या समाधान गर्ने कुनै नीति नै नभएको बताए।

उनले यो सरकार जनताका लागि सबैभन्दा महँगो भएको बताए। ओलीले भने, ‘देशको आर्थिक नीतिबारे सरकार बोलेको छैन। यो बजेट त नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भयो। हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ। यो राखेको होइन, चिट चोरीमा परेको हो। राजनीतिक स्थिरता भइरहेको छ। यसबारे उहाँहरूको कुनै चिन्ता छैन।’

ओलीले राजनीतिक अराजकता बढिरहेको बताए। ‘आयातमुखी अर्थतन्त्र रोक्न सरकारले कुनै योजनानै छैन। बजेटमा शब्द जालमात्रै छ। उत्पादन र उत्पादकत्व वृद्धितर्फ सरकारको ध्यान नै पुगेको देखिँदैन,' उनले भने।

सरकारको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको र नीति तथा कार्यक्रमको समर्थन गर्न नसकिने उनको भनाइ छ। ओलीले भने, ‘जंगली राजमा पनि जथाभाबी हुँदैन। तर यहाँ जथाभाबी भइरहेको छ। भ्रष्टाचारविरुद्व शून्य सहनशिलता भनिएको छ। मिटरव्याजी पीडित अनसनमा छन्। महँगी बढेको छ। त्यतातिर ध्यान दिइएको छैन। सरकार बेखबर छ। अनि सामाजिक न्यायका कुरा गर्ने?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.