विराटनगरमा कारको ठक्करबाट घाइते भएकी वृद्धाको मृत्यु

विराटनगरमा कारको ठक्करबाट घाइते भएकी वृद्धाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगरमा कारको ठक्करबाट १० दिनअघि घाइते भएकी १ जना वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको छ। 

सुनसरीको इटहरी उपमहानगरपालिका–९ की ७० वर्षीया मिथिला पोखरेलको मृत्यु भएको हो। पैदल हिँडिरहेकी उनलाई गत वैशाख २८ गते बिहान कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा बागमती प्रदेश बी ए बी २२४६ नम्बरको कारले ठक्कर दिएको थियो। 

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कारले ठक्कर दिँदा घाइते भएकी पोखरेललाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरियो। उपचारकै क्रममा शनिबार साँझ ५:१५ बजेतिर उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार कार चालक विराटनगर–४ का ५६ वर्षीय प्रभाकर देवकोटा उपचारमा संलग्न थिए। घाइतेको मृत्यु भएपछि देवकोटालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको दाहालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.