धनकुटाको साँगुरीगढीमा जग्गा कित्ताकाटको बाटो खुल्यो

धनकुटाको साँगुरीगढीमा जग्गा कित्ताकाटको बाटो खुल्यो

धनकुटा : साँगुरीगढी गाउँपालिकाले भूउपयोग योजना पास गरेको छ।

आइतबार गाउँपालिकाको सभाहलमा बसेको कार्यपालिका बैठकले जग्गा वर्गीकरण सम्बन्धी भूउपयोग योजना पास गरेको अध्यक्ष जितेन्द्र राईले बताए।

कार्यपालिका बैठकबाट भूउपयोग योजना पास भएसँगै जग्गा कित्ताकाटको बाटो खुलेको छ। कार्यपालिका बैठकले पास गरेको भूउपयोग योजनालाई जिल्ला मालपोत, नापी कार्यालयसँगै माथिल्लो निकायमा पेश गरिने उनले बताए।

परामर्शदाता पाथवे इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि भक्तपुरले भूउपयोग योजना तयार गरेर गत बिहीबार गाउँपालिकामा पेश गरेको थियो। 

भूउपयोग योजना भूमिलाई कसरी उपयोग गर्ने योजना हो। विशेषगरी उक्त योजनाले पालिकाको कुन क्षेत्रलाई व्यावसायिक क्षेत्र, आवास क्षेत्र र कृषि क्षेत्र छुट्याएर वर्गीकरण निर्धारण गर्दछ। 

ती क्षेत्रको करको दर बग्लाबेग्लै हुन्छ। भूउपयोग योजना पास भई कार्यान्वयनको चरणमा गएपछि वर्षमा दुई पटक असार र मंसिरमा मात्रै संशोधन गर्न सकिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.