प्रचण्डलाई ओलीको चेतावनी- अहंकार र घमण्डले देश चल्दैन

प्रचण्डलाई ओलीको चेतावनी- अहंकार र घमण्डले देश चल्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाएका छन्।

मंगलबार ललितपुरमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ वर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहेपनि ७१ र ७७ वर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाए।

उनले यस विषयमा संविधान र कानुनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताए। ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेढ वर्षसम्म प्रतिपक्षीसँग सम्बाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गरे।

वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उनको भनाइ छ। उनले मुलुकमा आर्थिकलगायत विभिन्न समस्या देखिए पनि सरकार बेखबरजस्तै देखिएको तर्क गरे।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्य मान्यताविपरीतको काम गरे कारबाही गर्न अग्रसर हुने बताए। 

ओलीले एमालेमाथि सबैतिरबाट तीव्र हमला गरेर सिध्याउन खोजे पनि पार्टीलाई अझ सशक्तरूपमा अघि बढाउने पनि बताए। उनले पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भए पनि पार्टीलाई शुद्धीकरण गर्ने मौका पाएको र शुद्धीकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुद अवस्थामा पुराएको दाबी गरे। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.