मोरङमा छोरा–छोरीलाई विषादी खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास

मोरङमा छोरा–छोरीलाई विषादी खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास
सुन्नुहोस्

विराटनगर : मोरङमा एक महिलाले छोरा–छोरीलाई विषादी खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छन्। 

जहदा गाउँपालिका–५ मझारेकी २२ वर्षीया अनिता महतोले ५ वर्षीया छोरी र ३ वर्षीय छोरालाई विषादी सेवन गराएर आफूले आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अनिताले मकैमा प्रयोग गरिने किटनासक औषधि मंगलबार बिहान ८:३० बजेतिर छोरा–छोरीलाई खुवाएर आफूले पनि त्यही औषधि सेवन गरेको पाइएको छ। 

अनिताले सुरुमा ५ वर्षीया छोरी माधुरी र ३ वर्षका छोरा लीलाराजलाई विषादी खुवाएको उनले बताए। त्यसपछि आफूले पनि विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेको दाहालको भनाइ छ। ५ बर्से माधुरी शारीरिक रूपमा आपांगता छिन्। उनको अवस्था गम्भीर छ। 

‘किरा लाग्नबाट मकैलाई जोगाउन प्रयोग गरिने विषादी सुरुमा छोरा–छोरीलाई खुवाएको पाइएको छ,’ दाहालले भने, ‘त्यसपछि आफूले पनि सेवन गरेर आत्महत्याको प्रयास गरेको खुल्यो।’ 

उनका अनुसार विषादी सेवनपछि बान्ता गरिरहेको अवस्थामा अनिताका पति मनोज मेहताले फेला पारेको खुलेको छ। घटना थाहा पाउने वित्तिकै मनोजले पत्नीसहित छोरा–छोरीलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएका थिए। 

अस्पतालका अनुसार उपचाररतमध्ये शारीरिक हिसाबले आपांगता रहेकी छोरी माधुरीको अवस्था गम्भीर छ। आमा अनिता र छोरा लीलाराजको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। प्रहरीका अनुसार सोमबार बेलुका मनोज र अनिताबीच वादविवाद भएको छिमेकीले सुनेका रहेछन्। 

‘पारिवारिक विषयलाई लिएर पति र पत्नीबीच सोमबार बेलुका विवाद भएको रहेछ। उनीहरुबीचमा विवाद हामीले सुनेका थियौँ भनेर छिमेकीले भनेका छन्,’ डीएसपी दाहालले भने, ‘उनीहरूबीच प्रायः विवाद भइरहने गरेको पनि पाइयो। भोलिपल्ट बिहान अनिताले छोरा–छोरीलाई विष खुवाएर आफूले पनि सेवन गरेको पाइयो।’ 

उनले पति र पत्नीबीच के विषयलाई लिएर विवाद भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए। 

‘विषादी सेवन गरेपछि बिरामी परेका ३ जनाको अहिले उपचार जारी छ। पत्नी र छोरा–छोरीको उपचार मनोज आफैँले गराइरहेका छन्,’ दाहालले भने, ‘प्रहरीका तर्फबाट घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको छ। अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ।’ 

पति मनोजले दिएको यातना सहन नसकेर अनिताले विषादी सेवनको बाटो अवलम्बन गरेको हुनसक्ने प्रहरीको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.