जो बेपत्ता भएको २४ वर्षपछि परिवारको सम्पर्कमा आए

जो बेपत्ता भएको २४ वर्षपछि परिवारको सम्पर्कमा आए
भारतमा रहेका टिकाराम पुन र उनले निर्माण गरेको स्याउ बगैचा। तस्बिर : अन्नपूर्ण

जाजरकोट : जाजरकोट भेरी नगरपालिका- २ तिमिलेका टीकाराम पुन बेपत्ता भएको २४ वर्षपछि सम्पर्कमा आएका छन् । माओवादी सशस्त्र द्वन्दका क्रममा राज्य पक्षबाट चरम यातना पाइ २०५६ सालदेखि घरपरिवारबाट सम्पर्कविही भएका पुन हालै सम्पर्कमा आएका हुन् । घरमा उनका श्रीमती,दुई छोरा,दुई छोरी छन्।  उनी हाल भारतको उत्तराखण्ड प्रदेश  उत्तरकासी जिल्ला,नेटवार पोष्ट अफिस मोरी तहसिल, गौरादी गाउँमा व्यवसाय गरेर बसेको खुलेको हो ।

गाउँकै एकजना शिक्षक रुद्रबहादुर वलीसँगको भीडीयो कलमार्फत् उनी सम्पर्कमा आएका हुन् ।  भारतको गौरादी गाउँमा घर बनाइ स्याउको बगैंचा तयार गरि कृषि पेशामा जीवन विताइरहेको जानकारी दिएको शिक्षक वलीले बताए ।

तत्कालिन सुरक्षा फौजले माओवादी आरोपमा चरम यातना दिएपछि ज्यान जोगाउन भागेर भारत आएको र उतै कृषि व्यवसाय गरेर बसेको टीकारामले बताए । पढाइ लेखाइ नभएका कारण पनि आफूले घरमा चिठी पठाउन नसकेको उनको भनाइ छ। 

नेपालमा शान्ति स्थापना भएको थाह नै नपाएको उनले बताए । 'अझै द्वन्दको उस्तै अवस्था होला भन्ने लागेको थियो। मलाई स्थानीय पाँचकाटिया प्रहरी चौकीमा लगेर २०५४ सालमा पुलिसले चरम याताना दियो ।  पटकपटक माओवादी आरोपमा यातना दिन थालेपछि आफू भागेर भारत आएको,' टेलिफोनमा बताए । 

उनलाई घरपरिवारले निकै खोजी गरेपनि कतै भेटाउन सकेको थिएन् । कान्छो छोरा कर्णबहादुर उनी भाग्दा दुई वर्षका थिए । अहिले २६ वर्षका भइसकेका छन् । छोरा र श्रीमतीलाई आफूलाई लिन आउनका लागि टीकारामले अनुरोध समेत गरेका छन् । 

टीकारामले भारतमा प्रेम राना नाम राखेका छन् । सोही नामबाट घरजग्गा खरिद गरेर स्याउ बगैचा निर्माण गरेका छन् । द्वन्दकै कारण उनले घरपरिबाट विच्छेद हुनुपरे पनि राज्यबाट द्वन्द पीडितसम्बन्धी कुनै किसिमका राहत नलिएको परिवारले जनाएको छ ।

यसरी बेपत्ता व्यक्ति सम्पर्कमा आउँदा घर परिवार र गाउँमा खुसी छाएको स्थानीय हरिबहादुर पुनले बताए । उनका कान्छा छोरा कर्ण बहादुर पुनले आफूहरूले एक्कासी बुबा जिवितै सम्पर्कमा आएको कुरा सुन्दा सपना जस्तो भएको बताए । 

'बुबा जीवितै हुनुहोला भन्ने हामीले आशा नै गरेका थिएनौं । जीवितै हुनुहुदो रहेछ । हामी निकै खुसी छौं । अब छिट्टै बुबालाई भेटेर घर ल्याउँछौं,'उनले भने।

२४ वर्षसम्म आफ्ना नागरिकबारे राज्य मौन बस्नु र खोजीतलासी नगर्नु दु:खद पक्ष भएको अधिकारकर्मी सहदेव बस्नेतले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.