संसद बैठक २० मिनेटका लागि स्थगित

पशुपतिनाथको गजुरमा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गरेको माओवादी सांसदको आरोप, एमालेले गर्‍यो बेल घेराउ

पशुपतिनाथको गजुरमा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गरेको माओवादी सांसदको आरोप, एमालेले गर्‍यो बेल घेराउ
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा  प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि एमालेले आज संसद अवरोध गरेको हो।

एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको गजुरमा सुन लगाउने नाममा पित्तल लगाएको भन्ने आरोप लगाइएको भन्दै आपत्ती जनाए । गिरीले भने,'प्रतिपक्षी  दलको नेता ओलीलाई पशुपतिनाथ मन्दिरको गजुरमा सुन लगाउने नाममा पित्तल लगाउनुभयो भनेर सत्ता पक्षका सांसद्ले भन्नुभएको छ । यो गम्भीर विषय हो । ’

उनले एमालेले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउने बताए। गिरीले भने,‘भ्रष्टाचारीलाई सदाका लागि अन्त्य गर्नुपर्छ । जनतामा उत्साह भर्ने काम गरौं । विना आधार प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचार गरेको आरोप लगाइयो । ’

एमाले सांसद् सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलका नेतामाथि सुनको जलारीको नाममा पित्तलको जलारी चढाएर भ्रष्टाचार गरेको आरोप लगाइएको बताए । 

एमाले सांसदहरूले बेल घेराउ गरेर सरकारविरुद्ध नाराबाजी गरेको छ। एमालेले अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.