नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने सरकारको निर्णय

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुबै सदनबाट दुई पटक पास भइसकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको हो।

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संघीय सदनबाट पारित भएर आए पनि प्रमाणीकरण गरेकी थिइनन्। 

नागरिकता विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षको विवाद हुँदै आएको छ। सरकारले पहिल्यै पास भइसकेको विधेयकलाई नै प्रमाणीकरणका लागि पठाउनुपर्ने अडान राख्दै आएको छ भने प्रतिपक्षी दलले पुनः संसदमा छलफल गराउनुपर्ने माग गर्दै आएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.