भारत भ्रमणका एजेन्डा र प्रतिनिधिमण्डलको विषय सोमबार बस्‍ने मन्त्रिपरिषद्‍ बैठकले टुंग्याउने

भारत भ्रमणका एजेन्डा र प्रतिनिधिमण्डलको विषय सोमबार बस्‍ने मन्त्रिपरिषद्‍ बैठकले टुंग्याउने

मन्त्री रेखा शर्माले भ्रमणमा लाने एजेन्डा र प्रतिनिधि मण्डलको विषयमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने जानकारी दिएकी हुन्।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा नेपालको तर्फबाट समावेश गर्ने एजेन्डाबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो  लगाउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकपश्चात सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले भ्रमणमा लाने एजेन्डा र प्रतिनिधि मण्डलको विषयमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने जानकारी दिएकी हुन्। 

‘भ्रमणमा को-को जाने ? प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा को-को रहने भन्ने विषयमा निर्णय भइसकेको छैन।’ उनले भनिन्, ‘भ्रमणका विषय हरू मन्त्रालयले तयार गरिरहेका छन्। करिब करिब अन्तिम-अन्तिम चरणमा पुगेको छ। खासगरी ऊर्जासँग सम्बन्धित विषयहरु छन्। कैयन् कुराहरू हाम्रा सीमाहरु पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णयचाहिँ भइसकेको छैन। भोलीको बैठकबाट अन्तिम टुंगो लगाउँछौं।’

उनले प्रतिनिधिमण्डलाई ठूलो नबनाउने भन्ने कुरा भएको बताइन्। शर्माले भनिन्, ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा  त्यहाँ कुराकानी हुन्छ। त्यहाँ सम्झौता हुन्छ। मन्त्री जानुपर्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ। जानैपर्ने आवश्यकबाहेक अरू जाने कुरा हुँदैन। त्यो को-को पर्ने औपचारिक अझै निर्णय भएको छैन।’

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्। शनिबार नेपाल र भारतका मन्त्रालयले विज्ञप्तिमार्फत औपचारिक भ्रमणको जानकारी दिएपनि भ्रमण राजकीय हुने/नहुने उल्लेख गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.