७५३ वटै पालिकामा युवालाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउँछौं

बेरोजगारी देशको मूल समस्या भयो : प्रधानमन्त्री प्रचण्ड

बेरोजगारी देशको मूल समस्या भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढ्दो बेरोजगारी देशको मूल समस्या भएको बताएका छन्। आइतबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको अहिलेको शिक्षा प्रणालीले बेरोजगारी बढ्ने र विदेश पलायन हुने खालको भएको बताएका हुन्। 

उनले विश्वविद्यालयका पाठ्यक्रममा सूचना प्रविधि समावेश गरेमात्र स्वरोजगार बढ्ने बताए। उनले नेपाललाई आवश्यक पर्ने शिक्षा नीति अवलम्बन नहुँदा परिणाममुखी, उत्पादनमुखी र रोजगार केन्द्रित हुन नसकेको बताए। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखा परेको समस्या संस्थागत भ्रष्टाचार र विथितिले भएको टिप्पणी गरे। 

उनले यथाशिघ्र संघीय शिक्षा ऐन सदनबाट पारित गर्ने र समाजवाद उन्मुख शैक्षिक नीति कस्तो हुने भन्ने बारेमा उच्चस्तरीय शिक्षा आयोग गठन गरेर समाजवाद उन्मुख शिक्षा नीति बनाउने जानकारी गराए।

प्रधानमन्त्री प्रचण्डले सोमबार आउने बजेटले धेरै नयाँ योजना र कार्यक्रम भने राख्न नसक्ने बताए। उनले बजेटमा ७५३ वटै पालिकामा युवालाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउने जानकारी दिए।

उनले यसपटकको भारत भ्रमण विशेष हुने उल्लेख गरे। उनले भ्रमण हवाई रुट र पञ्चेश्वर आयोजनालाई समेत अगाडि बढाउने गरी भारतमा सम्झौता हुने विश्वास व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.