वनभित्रको पोखरीमा डुबेका बालकको मृत्यु

वनभित्रको पोखरीमा डुबेका बालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालीदहस्थित वनभित्र रहेको पोखरीमा डुबेका १ जना बालकको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको छ। 

पोखरीबाट घाइते अवस्थामा उद्धार गरिएका मिक्लाजुङ–६ का पदम राईका ८ वर्षीय छोरा साङकेन राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार सामुदायिक वनभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा साङकेन डुबेर घाइते भएका थिए। 

प्रहरीले दिउँसो १२:३० बजेतिर उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको थियो। 

उपचारकै क्रममा दिउँसो १:४५ बजेतिर बालकलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी दाहालले बताए। शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.