प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सकियो
नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएको छ। बिहीबार बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीको प्रतिनिधिमण्डल बीच भेटवार्ता सकिएको हो।
भेटवार्तामा नेपाल र भारतका मन्त्री, सचिवसमेत सहभागी थिए। उनीहरुबीच दुई देशको हितका विषयमा छलफल भएको छ। भेटवार्तापछि पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।
भारतीय प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडि बिहीबार बिहान प्रचण्डले गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गरेका थिए । उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारणसमेत गरे।
प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्।
उनी आजै ४ : ३५ बजे राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।