एमाले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी, काशीनाथले संगठन विभाग पाउँदा प्रचार प्रसारमा राजेन्द्र गौतम

एमाले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी, काशीनाथले संगठन विभाग पाउँदा प्रचार प्रसारमा राजेन्द्र गौतम
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनका अनुसार सुदूरपश्चिममा छबिलाल विश्वकर्मा, कर्णालीमा लेखराज भट्ट, लुम्बिनीमा पद्मा अर्याल, गण्डकीमा गोकर्ण विष्ट, मधेसमा योगेश भट्टराई र कोशीमा रघुवीर महासेठलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ। बागमती प्रदेशमा भने केन्द्रीय कार्यालयले संयोजन गर्ने निर्णय भएको ज्ञवालीले बताए।

त्यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी काशीनाथ अधिकारीले पाएका छन् भने प्रचार प्रसारको जिम्मेवारी राजेन्द्र गौतमले पाएका छन्।

त्यस्तै स्थायी समितिहरूलाई जिल्ला र केन्द्रीय सदस्यहरूलाई पालिकाको जिम्मेवारी तोकिएको उपमहासचिव ज्ञवालीले बताए। त्यस्तै एमाले प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.