विज्ञान जुनसुकै वादका लागि एउटै हो : ओली

विज्ञान जुनसुकै वादका लागि एउटै हो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक कसैले पनि समृद्ध नेपाल भन्न नसक्ने बताएका छन्। शनिबार च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले सरकारबाट हटेपछि कसैले पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने शब्द कसैले भन्ने आँट नगरेको बताएका हुन्।

ओलीले भने,‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल, सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता, हाम्रा विपक्षीहरुले भन्ने आँट गर्दैन। समृद्ध नेपाल भन्ने सक्ने आँट गर्न छैन। सुखी नेपाली भन्ने आँट गर्दैन।’

null

ओलीले अहिलेको सरकारले जनताको समस्या समाधानका लागि कुनै काम गर्न नसकेको स्पष्ट पार्न नसकेको धारणा राखे। उनले प्रकृतिभित्र लुकेको वास्तविक कुरा विज्ञान भएको उल्लेख गरे।

उनले प्रकृतिमा असाधारण विज्ञान भएको बताए। ‘विज्ञान जुनसुकै वादका लागि एउटै हो। टेक्नोलोजी जुनसुकै वादका लागि एउटै हो।’ उनले उदाहरण दिँदै भने,‘सबै ज्ञानहरु विज्ञान होइनन्, हुँदैनन्।’

उनले विज्ञानलाई टेक्नोलोजीमा रुपान्तरण गरेपछि गति र सामर्थ्यको वृद्धि गर्ने बताए। ओलीले विज्ञानका नियम अनुसार प्रविधिको विकास हुने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.