पर्यावरण स्वच्छ राख्न वृक्षरोपण

पर्यावरण स्वच्छ राख्न वृक्षरोपण
सुन्नुहोस्

रामेछाप : पर्यावरणलाई स्वच्छ राख्ने उद्देश्यले  जिल्लाको खाँडादेवी गाउँपालिका–४ मा रहेको ठुली सामुदायिक वनमा विभिन्न फलफूलका विरुवा रोपिएको छ। गत वर्ष डिभिजन वन कार्यालय रामेछाप र ठूली सामुदायिक वनको साझेदारीमा नेपाली सेनाले १२ हजार विरुवा रोपेको थियो। झण्डै १५ हेक्टर क्षेत्रफलमा नेपाली सेनाको नयाँ गोरखनाथ गण रामेछापका सेनानी बिष्णु सापकोटाको नेतृत्वमा नेपाली सेनाले उक्त वनमा वृक्षरोपण गरेको थियो। 

नांगो डाँडालाई हरियाली बनाउने र सामुदायिक वनलाई आम्दानीको श्रोतका रुपमा विकास गर्न जंगलमा विभिन्न प्रकारका फलफूललगायत अन्य रूखका बिरुवा रोपिएको निवर्तमान वडा अध्यक्ष धनबहादुर मानन्धरले जानकारी दिए। जंगलमा लगाइएका फलफूलका विरुवा हुर्किन थालिसकेका छन्। 
केही बिरुवा फल्नसमेत थालिसकेका छन। राम्रोसँग फल लाग्न थालेपछि त्यसलाई सामुदायिक वनको आम्दानीको रुपमा लिने र सोही वनका अति विपन्न उपभोक्ताको सन्तानको शिक्षा दिक्षामा सहयोग गरिने पनि मानन्धरले बताए। 

अति सुक्खा र भिरालो जमिन भएकाले तामाकोसी नदीबाट लिफ्टमार्फत पानी तानेर सिंचाइको ब्यबस्था मिलाइएको छ। विभिन्न ठाउँमा रिचार्ज पोखरीसमेत निर्माण गरिएको ठूली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष युवबहादुर मानन्धरले जानकारी दिए। सामुदायिक वनमा १ हजार आँप, १ हजार कागती, ५ सय लिचीलगायत चिउरी कटहर गरी १० प्रकारका फलफूलका बिरुवा लगाइएको थियो। लामो समयको खडेरी र केही जंगली जनावरले टोकेर सुकेका कारण केही बिरुवा मरेका भए पनि अधिकांश बिरुवा हुर्किन लागिसकेको अध्यक्ष मानन्धरले बताए। 

बिरुवा संरक्षण र रेखदेखका लागि एकजना कर्मचारी व्यवस्था गरिएको र निजलाई वनले नै तलब दिइरहेको मानन्धर बताउँछन्। तत्काल वनको आम्दानीको स्रोत नरहेको हुँदा वनमा खटाइएका कर्मचारीलाई सरकारी निकायले व्यवस्था गरिदिए केही वर्षपछि सामुदायिक वनले नै व्यवस्था गर्न सक्ने मानन्धरको भनाई छ। वनका अध्यक्ष मानन्धर भन्छन्, ‘गरे के असम्भव हुन्छ र यस्तो नांगो डाँडामा यसरी हरियाली बन्ने रहेछ यसले केही हौसला थपेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.