प्रतिनिधिसभामा परराष्ट्रमन्त्रीको राजीनामा माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्ले परराष्ट्रमन्त्री एनपी साउदको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाम बैठकमा बोल्दै रास्वपा सांसद् असिम साहले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले कपिलवस्तु,लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा सरकारलाई जानकारी छैन भनेर अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेका हुन् ।
शाहले भने,‘परराष्ट्रमन्त्ज्यूले एउटा अन्तर्वार्तामा कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईंको देशमा विवाद भएको,प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।’
प्रतिक्रिया दिनुहोस !
