प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभा बैठक ११ बजे र राष्ट्रियसभा बैठक ११ बजेर ११ मिनेटमा बस्दैछ।
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटमाथि छलफल सुरू हुने तयारी छ।
यसअघि सोमबारबाट छलफल सुरू हुने भनिए प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको छैन।
यस्तै राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ।
अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ।
अर्थमन्त्री डा. महतले पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।
प्रतिक्रिया दिनुहोस !
