जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं : २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई करणी गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
तामाङले ती युवतीलाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
