कोसी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय
विराटनगर : नेपाली कांग्रेसले कोसी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
प्रदेश संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बताए।
यसैगरी नेकपा माओवादी केन्द्रले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ।
दलका नेता इन्द्रबहादुर आङ्बोले सचिवालयलाई जानकारी गराएका हुन्।