हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष चयनका लागि मतदान जारी
हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि मतदान सुरू भएको छ। बिहान-७ बजेदेखि तोकिएकै समयमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए।
उपाध्यक्षका लागि १२ मतदान स्थल र १३ वटा मतदान केन्द्र तोकिएको छ। यस गाउँपालिकामा ६ हजार ८१० जना मतदाता छन्। उपाध्यक्ष पदका लागि ५ जना राजनीति दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।
नेपाली काँग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्र , एकीकत समाजवादी (एस) र नेकपा विप्लवको तर्फबाट साझा उम्मेदवारी देवकी तिमिल्सिना र राष्ट्रिय प्रजातन्त्र पाटीबाट संगिता शाही, राष्ट्रिय स्वतन्त्र पाटीबाट बाचा बुढा उम्मेदवार छन्।
त्यस पालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष चन्दसिंह कार्कीको गत भदौ १० सुर्खेतबाट नेपालगन्ज जाने क्रममा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

प्रतिक्रिया दिनुहोस !