केपी ओलीले संसदमा सोधे- कसले गर्न खोजेको छ गाँजा खेती?
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतीबारे प्रश्न गरेका छन्। बजेटमा गाँजा खेतीलाई प्रोत्साहन गर्ने सरकारले नीति लिएपछि ओलीले गाँजा खेती कसले गर्न चाहेको भनेर प्रश्न गरेका हुन्।
'कसका लागि गाँजा खेती। कसले गर्न खोजेको छ गाँजा खेती। कोही छ गाँजा खेतीको पछाडि,' उनले भने, 'यो नियन्त्रित र नियोजित हो। लाइसेन्स लिएर गरेको रहेछ भनेमात्रै हो नभए झ्यालखाना जान्छ। जनताका गाँजा खोजी खोजी उखेलिन्छ।'
उनले जनताले कहाँ गाँजा खेती गरेको भन्दै प्रश्न गरे। उनले गाँजा खेतीको व्यापारीको खोजीसमेत गरे। 'गाँजाको बिउ लिएर बसेको व्यापारी को हो? बाहिरै आउँदैन। खैर कोही होलान्,' उनले भने।
उनले जनताका कुराभन्दा फेन्सी कुरा किन बजेटमा आउँछन् भन्दै सरकारको ध्यनाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस !
८