केबलकार उद्घाटन गर्न बुटवल पुगे प्रधानमन्त्री प्रचण्ड

केबलकार उद्घाटन गर्न बुटवल पुगे प्रधानमन्त्री प्रचण्ड
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुटवल आइपुगेका छन् । बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म बनेको लुम्बिनी केबलकारको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल आएका हुन् ।

गणतन्त्र दिवसको व्यवसायिक सुरुआत भएको केवलकारको आज औपचारिक रुपमा उद्घाटन हुन लागेको हो । उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समूहले ३ अर्बको लागतमा बुटवलमा केवलकार निर्माण गरेको छ ।

झण्डैं ३ किलोमिटर लामो केवलकार बुटवलको रामफेदी पाल्पाको बसन्तपुर डाँडासम्म रहेको छ । बसन्तपुर डाँडामा कामाख्या देवीको मन्दिर निर्माण गरिएको छ । सो स्थानमा पाँच तारे होटल निर्माण गर्ने योजना रहेको लगानीकर्ता ढकालले जनाए । 

ढकालसहित बुटवलका केही स्थानीयले समेत केबुलकारमा लगानी गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.